नेपालकै पहिलो आजिवन म्यादी जीवन बीमा जसले कम Premium मा अजीवन सुरक्षा दिन्छ|
मुख्य विशेषताहरु:-
कम प्रिमियममा, ठूलो Plan
तिरीएको प्रिमियमको ६ गुणा सम्मको Coverage
७० वर्षमा सम्पूर्ण प्रिमियम Refund
बीमा अवधि भर तिरेको सम्पूर्ण रकम ७० बर्षको उमेरमा फिर्ता
सिमित भुक्तानी,असीमित Coverage
बीमा अवधी पछि पनि, Whole Life Coverage



थप बीमाशुल्क भुक्तानी गरि निम्न बमोजिम थप सुविधा (हरु) लिन सकिने छ ।
ऐच्छिक सुविधाहरु :
दुर्घटना मृत्यु लाभ (Accidental Death Benefit - ADB):
यो सुविधा मूल बीमाङ्क रकम बराबर वा अधिकतम रु. १,००,००,०००/– सम्म लिन सकिने छ । यदि बीमितको दुर्घटनाको कारणबाट मृत्यु भएमा दुर्घटना मृत्यु लाभ मूल बीमाङ्कमा थप गरि इच्छाइएको व्यक्ति वा बीमितको नजिकको हकवालालाई प्रदान गरिने छ ।

दुर्घटना मृत्यु लाभ,स्थायी अपाङ्ग अशक्त सुविधा तथा बीमाशुल्क छुट सुविधा (Accidental Death Benefit, Total Permanent Disability, Premium Waiver Benefit – ADB, TPD & PWB):
यो सुविधा मूल बीमाङ्क रकम बराबर वा अधिकतम रु. १,००,००,०००/– सम्म लिन सकिने छ । यदि बीमितको दुर्घटनाको कारणबाट मृत्यु भएमा दुर्घटना मृत्यु लाभ मूल बीमाङ्कमा थप गरि इच्छाइएको व्यक्ति वा बीमितको नजिकको हकवालालाई प्रदान गरिने छ । यदि बीमित दुर्घटनाको कारणबाट अङ्गभङ्ग भई स्थायी रुपले अपाङ्ग अशक्त भएमा बीमाशुल्क मिनाहा गरिनुका साथै मासिक आय सुविधा बीमाङ्क बराबर १२० मासिक किस्तामा प्रदान गरिने छ ।

घातक रोग (Critical Illness):
यस सुविधा अन्तर्गत बीमित १८ वा ३५ प्रकारका घातक रोगबाट (रोग परिभाषित गरिए अनुसारको) पीडित भएको निरुपण (Diagnosed) भएमा बीमितलाई एकमुष्ठ रकम प्रदान गरिने छ । यो सुविधा लिन बीमितको उमेर तथा बीमा अवधिको आधारमा थप बीमाशुल्क आवश्यक पर्दछ । यो सुविधा प्रस्तावकको उमेर १८ देखि ५५ वर्ष सम्मको लागि मात्र प्रदान गरिने छ । अधिकतम बीमा अवधि २० वर्ष र अधिकतम बीमा समाप्ती उमेर ६० वर्ष हुनेछ । यो सुविधा मूल बीमाङ्क रकम बराबर वा अधिकतम रु. ५०,००,०००/– सम्म लिन सकिने छ ।

सहुलियत दरमा ऋण लिन सकिने (Policy Loan Facility):
यस बीमालेखमा समर्पण मूल्यको ९०% सम्म कर्जा सुविधा लिन सकिने छ ।

भविष्यको सुरक्षा, आजको सही तयारी!

नि:शुल्क परामर्शको लागि आफ्नो विवरण भर्नुहोस्|


